बाढीले विपी राजमार्गको डाइभर्सन बगायो, सडक पूर्णरुपमा अवरुद्ध

No ads found for this position
No ads found for this position
काठमाडौं । रोशी खोलामा आएको बाढीले विपी राजमार्गको डाइभर्सन बगाएको छ । बाढीले अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
बाढीले डाइभर्सन बगाए पछि सङ्घीय राजधानी काठमाडौंलाई पुर्वी तराई र पहाडी जिल्ला जोड्ने सडक सन्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ ।
रोशी खोलामा आएको बाढीका कारण रोशी गाउँपालिका- ११ बुलढुंगा, डालावेशीमा करिब ११० मिटर सडक कटान गरेको, पिप्लेमा करिब ५० मिटर, कटुन्जे घुमाउनेमा करिब २० मिटर, चौकीडाँडामा करिब ६० मिटर र बोक्सीकुनामा करिब दुई सय मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
यस्तै अविरल वर्षासंगै मङ्गलटार, नार्के, पिन्थलीमा सडकमा लेदो खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया