हेटौँडा हुँदै काठमाडौं जाने सवारी साधनको आवतजावत तीन दिनका लागि रोक

No ads found for this position
No ads found for this position

हेटौँडा । हेटौँडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी साधनको आवतजावत तीन दिन सम्मका लागि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले यस्तो निर्णय गरेको हो।

मौसम विज्ञान विभागका अनुसार ती दिनमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता विपद् आउन सक्ने जोखिम भएकाले सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *