बाढी र पहिरोले ४ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

No ads found for this position
No ads found for this position
काठमाडौं । लगातार वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशका चारवटा प्रमुख सडक खण्ड आवागमन पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशमा संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुण क्षेत्रमा जेठ ६ गतेदेखि र मकालु गाउँपालिका–३, एकुवामा भदौ १५ गतेदेखि कोशी राजमार्ग बन्द छ ।
यस्तै, बागमती प्रदेशको रसुवा जिल्लामा पनि यातायात ठप्प भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढीले नेपाल–चीन जोड्ने पुल भत्काएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, सोही गाउँपालिकाको पासाङ ल्हामु सडक खण्ड असार १६ गतेदेखि गएको पहिरोले अवरुद्ध बनेको छ ।
प्रतिक्रिया