मोटरसाईकल दुर्घटनामा १ को मृत्यु, १ घाइते

No ads found for this position
No ads found for this position

लमजुङ । मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । लमजुङको राईनासमा मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

सोमबार राति राइनास नगरपालिका –३ नौबिसेस्थित पाउदी–बोराङखोला सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।

टिमुरेबाट सातबिसेतर्फ जाँदैगरेको ग २४ प १६३० नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट दायाँपट्टि नालीमा पल्टिन जाँदा गम्भीर घाइते भएका मोटरसाईकल चालक राइनास –३ टिमुरेका २३ बर्षिय समिर ठकुरीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार दुवै घाइतेलाई स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि सहोदर अस्पताल धमिलिकुवामा पठाएकोमा चालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *