देउवाले देश छाड्ने कल्पना नगरे हुन्छ : प्रवक्ता महत

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज रहेको बताएका छन् । उनले आफ्नो हत्या गर्न आउँदैछन् भन्दा पनि घर छाडेर नहिँडेको बताए ।

आइतबार पत्रकार सम्मेलन मार्फत महतले पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवा देश छाडेर जाने कुरा बदनाम गराउने योजनाबद्ध प्रयास भएको बताए। महतले जीवनमरणको लडाइँ लडिरहेका नेताविरुद्ध भएका प्रचारबाजीको निन्दा गर्नुपर्ने बताए ।

पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा सभापति देउवामाथिको आक्रमणको निन्दा नगरिएपछि उपसभापति पूर्णवहादुर खड्का र आफूले अलग वक्तव्य निकाल्नु परेको भन्दै अहिले विशेष महाधिवेशनका लागि भइरहेका हस्ताक्षरको पनि औचित्य नभएको प्रष्ट पारे ।

महतले असोज २३ गतेको गोली काण्ड नै रहस्यमय रहेको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *