सुनको मूल्य हालसम्मकै उच्च

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनचाँदीको मूल्यमा फेरि वृद्धि भइएको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मूल्य तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया