सल्यानमा गाडी दुर्घटना हुँदा ३ को मृत्यु, ४ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । रुकुमबाट दाङ जाँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज बिहान दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट-३ चोरखोलामा भएको दुर्घटनामा एक महिला र २ पुरुषको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि नेपालगञ्ज पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

बस सडकबाट करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *