नारायणगढ-मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

No ads found for this position
No ads found for this position

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भएको छ ।

उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटक-पटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो।

डिभिजन सडक कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११:३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ। तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको कार्यालले बताएको छ।

कार्यलयका अनुसार सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ। यसअघि नाम्सीमा दुई दिनअघि पहिरो खस्दा अड्किएका ढुङ्गा पनि खसेकाले पहिरोको तत्काल पहिरोको जोखिम देखिएको छैन।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *