कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह परे अल्पमतमा

No ads found for this position
No ads found for this position
जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निणय गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ ।
कांग्रेस संसदीय दलका एक नेताका अनुसार जनमत पार्टीले हिजोको बैठकमा प्रतिपक्षको बेन्चमा बसेकाले आफूहरूले परिस्थितिका कारण समर्थन फिर्ता लिएको बताए ।
यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको जनमत पार्टीको सरकार अल्पमतमा परेको छ ।
प्रतिक्रिया