नागरिक प्रेसमा केही जनशक्तिको आवश्यकता

काठमाडौं । तपाईं सामाजिक सञ्जाल कति चलाउनु हुन्छ ? सामाजिक सञ्जाल बारे कति ज्ञान छ ? अनि तपाईं सर्ट भिडियो, लेखन, आवाज र प्रस्तुतिमा दक्ष हुनुहुन्छ भने तपाईं हाम्रो टिममा आबद्ध भई काम गर्न सक्नुहुने छ ।
नागरिक ई प्रेस प्रालिद्वारा सञ्चालित www.nagarikpress.com लाई केही जनशक्ति आवश्यकता परेको हुनाले तपाईं कन्टेन्ट क्रिएटरमा दक्ष हुनुहुन्छ भने आवेदन दिन सक्नुहुने छ ।
नागरिक प्रेस नै किन ?
नागरिक प्रेस नेपालमा दर्ता भई सञ्चालन भएको अनलाइन मिडिया हो । यसले सामाजिक, आर्थिक, राजनीतिक, खेलकुद जस्ता विविध विषयवस्तुहरुमा भए गरेका राम्रा र नराम्रा पक्षहरूको उजागर गर्दै आएको छ ।
नागरिक प्रेसले आम पाठकमाझ वास्तविक पत्रकारिता गर्दै आम नागरिकको आवाज बन्ने प्रयास गर्ने छ । लाखौँ पाठकको विश्वास सँगै सोही अनुसारको दायित्व र अझ परिपक्व बन्दै मिडियामा फरक पहिचान र प्रस्तुतिसहितको पत्रकारिता नागरिक प्रेसले गर्ने छ । यो सँगै आम नागरिक माझ अझै जिम्मेवार र जवाफदेही बनि भोलिका दिनमा नागरिक प्रेसले काम गर्ने छ ।
गलत सूचनाको संक्रमणबाट पीडित आम पाठक र दर्शकलाई नागरिक प्रेसले सही सूचना दिई जिम्मेवार र मर्यादित पत्रकारिताको अभ्यास गर्नेछ । हरेक क्षेत्रका समाचार, विचार र विश्लेषण थाहा पाउने एउटै डिजिटल प्लेटफर्म बनाउने नागरिक प्रेसको लक्ष रहेको छ । अर्थात् सूचना र विश्लेषण पढ्ने, सुन्ने र हेर्ने मल्टिमिडिया हो नागरिक प्रेस ।
आवेदन दिन सक्नुहुने छ–
यदि तपाईं यस क्षेत्रमा दक्ष र काम गर्न इच्छुक हुनुहुन्छ भने आफ्नो बायोडाटा र तपाईंले बनाएको भिडियोको लिङ्क सहित यही असोज मसान्त भित्र [email protected] मा आफ्नो आवेदन पठाउन सक्नुहुनेछ ।