सबै स्वकीय सचिवको जागिर गयो, कर्मचारीले बैठक भत्ता लिन नपाउने

No ads found for this position
No ads found for this position

काठमाडौं अर्थ मन्त्रालयले राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै राज्यका पूर्व विशिष्ट सबै पदाधिकारीले राज्यको तर्फबाट लिएको स्वकीयको सुविधा खारेज भएको छ ।

अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निणय गरेको हो

यस्तै नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ ।

कर्मचारीले नियमित कामको बैठकमा भत्ता लिन नपाउने

अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयले सम्हालेसँगै सार्वजनिक खर्च कटौतीका लागि दर्जनौँ निर्णय गरेका छन् ।

यस्तै अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले नियमित कामको लागि बैठक भत्ता लिन नपाउने निणय गरेको छ । तर, कानुन बमोजिम गठन भएको समितिको काममा कार्यालय समय बाहेकको बैठकको भत्ता भने उपलब्ध गराउन सकिने मन्त्रालयको जनाएको छ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *