संसद् पुनर्स्थापनाको माग छाडौं, चुनावमै जाऔं : विश्वप्रकाश शर्मा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन्।

आज भिडियो सन्देशमार्फत महामन्त्री शर्माले राष्ट्रपति स्वयंले अफ्ठ्यारो परिस्थिति सम्हाल्दै चुनावको मिति घोषणा गरिसकेकाले अब पार्टीले चुनावमा जाने तयारी गर्नुपर्ने बताए।

उनले संसद् विघटनको विषयमा पार्टीभित्र दुई धारणा रहेको बताए।

उनले भने, ‘संसद् पुनर्स्थापना गरेर जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ, प्रत्यक्ष चुनावमा जानुपर्छ भन्नेहरू पनि हुनुहुन्छ। तर, चुनाव मिति घोषणा भइसकेको अवस्थामा मेरो धारणा भने अब पुनर्स्थापनाको माग गर्नु हुँदैन ।’

उनले जेनजीले उठाएका मागप्रति समर्थन जनाउँदै नयाँ सरकारमा जेनजीको प्रतिनिधित्व नहुनु गम्भीर भएको टिप्पणी गरे।

उनले भने, ‘बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने बेलामा जेनजी सबै ठाउँमा सक्रिय भए। तर, सरकारलाई पूर्णता दिने क्रममा भने जेनजीको प्रतिनिधित्व हुनुपर्छ भन्ने विषय हामीले गम्भीरतापूर्वक राख्नुपर्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *