रास्वपा केन्द्रीय समिति बैठकमा रविले सभापति पद छोड्नुपर्ने माग

No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नख्खु जेलमा रहेका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको छ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी रुपमा निकास नआएसम्म लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव गरेका हुन्।
रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सभापति सरिन तामाङ, लुम्बिनीका सभापति देवराज पाठक र गण्डकीका सभापति राजन गौतमले बैठकमा उक्त प्रस्ताव राखेका हुन् ।
यस्तै बैठकमा गत भदौ २४ गते हुलदंगा हुँदा ललितपुरको नख्खु कारागारबाट रविलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकाल पुगेको विषयमा पनि कुरा उठाइएको छ ।
प्रतिक्रिया