सुनको मूल्य आज तोलाकै ३ हजार ९ सय बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला रू. २ लाख २१ हजार ७ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन प्रतितोला रू .२ लाख १७ हजार ८ सय मा किनबेच भएकोमा आज तोलामा रू. ३ हजार ९ सय बढेको हो ।

त्यसैगरी आज चाँदी रू. २ हजार ६ सय ८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार ७ सय ४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *