सुनको मूल्य इतिहासमै उच्च : प्रतितोला २ लाख १७ हजार ८ सय पुग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला रू २ लाख १७ हजार ८०० मा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला रू २ लाख १७ हजार १०० मा कारोबार भएको सुन आज रू ७ सयले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रू २ हजार ६५० मा खरिदबिक्री हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *