नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे हुने

No ads found for this position
No ads found for this position
काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजेका लागि सारिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ आज दिउँसो २ बजेका लागि तय भएको थियो तर उक्त कार्यक्रम ३ बजेका लागि सारिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
तर स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ । उनको अख्तियारमा छानबिन चलिरहेको भन्दै मिश्रा विवादित बनेपछि मन्त्रिमण्डल विस्तार होल्ड भएको स्रोतले बतायो ।
प्रतिक्रिया