नारायणगढ-मुग्लिन सडक आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द हुने

No ads found for this position
No ads found for this position

काठमाडौं । मुग्लिननारायणगढ सडक आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द गरिने भएको छ ।

तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउनका लागि सडक बन्द गर्नु परेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गत शुक्रबार तुइन खोला पुलनेर खसेको पहिरोका कारण करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए ।

आइतबार अपराह्न सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुन: सडक बन्द गरिएको थियो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *