माओवादीका सबै कमिटी भंग गरि मंसिरमा विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक उनले केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताए।

दाहालले भने, ‘केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं

उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *