मुग्लिन-नारायणगढ सडकमा अलपत्र परेका यात्रुलाई निःशुल्क खाना वितरण (तस्बिरहरु)

No ads found for this position
No ads found for this position
चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज विहानै बाट भएपनि अहिले सम्म सडक सञ्चालनमा आएको छैन ।
पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको भएपनि एकतर्फी सडक सञ्चालनमा ल्याउने प्रयासरत भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार पुनः पहिरो पन्छाउने काम सुरू गरिएको हो ।
पहिरोका कारण सडकमा यात्रु तथा सवारीसाधन शुक्रबारदेखि अलपत्र परेका छन् । अलपत्र परेका यात्रुलाई जिल्ला सुरक्षा समिति, चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा प्रहरीले निःशुल्क खाना र खाजा वितरण गरेका छन् ।
तस्बिरहरु: नेपाल प्रहरी ।
प्रतिक्रिया