महामन्त्री थापाप्रति महतको आरोप- सभापतिको आलो घाउमा नुन छरिरहेछन्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पुनर्गठनको मुद्दा उठाइरहेका महामन्त्री गगन थापाप्रति तीव्र आक्रोश प्रकट गरेका छन् ।
आइतबार बिहान आफ्नो जलेको घर महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने आवाज सामाजिक सञ्जाल र पार्टी बैठकमा महामन्त्री थापाले उठाएकोप्रति आपत्ति जनाउँदै महतले यस्तो बताएका हुन् ।
महतले थापाको नाम नलिइ आक्रोश व्यक्त गर्दै भने, ‘अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पर्खन सक्दैनौँ ?’ उनले अघिल्लो दिनसम्म ठिक हुने तर भोलिपल्ट हुँदैन भन्नु गलत भएको बताए । उनले देउवाको स्वास्थ्य अवस्था बुझ्न आफू आज अस्पताल जाने जानकारीसमेत गराए ।
नेता महतले अन्तरिम सरकार संविधानसम्म्त बन्न नसकेको टिप्पणी गरेका छन् । उनले संसदबाट सरकार बनाउने बाटो हुँदाहुँदै त्यो हुन नसक्नु बताए ।