संसद विघटन मात्रै होइन, संविधान र राष्ट्रपति पनि हटाइँदै थियो : प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं । असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् ।

`संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान बचाएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,´ प्रचण्डले भने ।

उनका अनुसार रातभर मेहनत गरेका कारण र चौतर्फी संवाद गरेका कारणले संविधान जोगिएको दाबी गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *