प्रधानमन्त्री कार्कीलाई मोदीले भने- नेपालको स्थिरता पुर्नस्थापनमा भारतको समर्थन छ

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा करिव २० कुराकानी गरेकी छिन्।

प्रधानमन्त्री सुशीला कार्कीसँग टकुराकानि भएको भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

मोदीले नेपालको शान्ति तथा स्थिरता पुर्नस्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्।

मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशिला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें । हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनःस्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।

उनले संविधान दिवसको पनि शुभामना दिएको भनेका छन्, ‘साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।’

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *