वरिष्ठ उपाध्यक्ष खानसहित जनमतका ६ नेताले दिए सामूहिक राजीनामा

No ads found for this position
No ads found for this position

अब्दुल खान । फाइल तस्बिर।

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जनाले सामूहिक राजीनामा दिएका छन्।

नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्।

उनीहरुले पार्टी अध्यक्ष डा.चन्द्रकान्त राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।

जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटम सहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अंहकारको भाषा बोलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी जनमत छाडेको उनीहरूले घोषणा गरेका छन् ।

राजीनामा माग्ने नेताहरूलाई राउतले यो उपयुक्त समय भन्दै उल्टै उनीहरूलाई छाड्न सुझाएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *