जेनजी आन्दोलनको आडमा राजनीतिक दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो: प्रकाशमान सिंह

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने दुष्प्रयास भएको बताएका छन्।

जेनजी आन्दोलनकारीहरुले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनको नाममा नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले दलको योगदान मेट्ने प्रयास भएको बताए।

उनले भने, आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ। आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन हुनु पर्छ।

नेता सिंहले प्रदर्शनमा घुसपैठ भएको र दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको बताए

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *