नागरिक अगुवाले राष्ट्रपतिलाई भने- लोकतन्त्रको जग हल्लिन नदिनुस्

काठमाडौं । विभिन्न क्षेत्रका १४ जना नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर लोकतन्त्रको जग हल्लिन नदिन खबरदारी गरेका छन् ।
उनिहरुले राष्ट्रपतिलाई भेटेर ज्ञापनपत्र बुझाउँदै सरकार निर्वाचन गराउने दायित्वबाट विमुख हुने खतरातर्फ सचेत गराएका थिए ।
उनीहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन,अपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको छानविनको माग गरे । यस्तै उनिहरुले जेनजी आन्दोलनमा सुरक्षा निकायको सक्रियता नदेखिएको घटनाप्रति आशंका समेत जाहेर गरेका छन् ।
उनीहरुले दलहरुका विरुद्ध प्रतिशोध साँध्ने, उनीहरुको भूमिका खुम्च्याउन खोज्ने र संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले चलाउने वा खुम्च्याउने कार्य भएमा अर्को द्वन्द्व हुनसक्ने भन्दै राष्ट्रपतिलाई सचेत गराएका छन् ।
उनीहरुले जेनजी आन्दोलनपछिको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा समेत गरे ।