सिंहदरबारमा जलाइएका सवारीसाधनलाई अन्तै व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नकालागि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् ।

जलेका सवारीसाधनले सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएका छन्

‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरूप हुन दिनुभएन, यथाशक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारिसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरूप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरूलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।’ मन्त्री घिसिङले भनेका छन्।

उनले विनाशबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारिसाधन तुरुन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *