यस वर्षको दसैं : टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैको साइत सार्वजनिक गरेको छ।
२०८२ सालको दसैं असोज ६ गतेदेखि सुरु हुनेछ। सोही दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको उत्तम साइत परेको समितिले जनाएको छ।
असोज ७ गते (मंगलबार) — बिहान ९:५३ बजे झण्डा फेर्ने साइत
असोज ११ गते (शनिबार) — श्रीपचलीभैरव यात्रा
असोज १३ गते (सोमबार) — फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे, स्थिरासन बिहान ९:२३ बजे
विजया दशमीका दिन असोज १६ गते बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ।
टीका लगाउने उत्तम साइत भने सोही दिन बिहान ११:५३ बजे हो। समितिका अनुसार टीका लगाउँदा लगाइमाग्ने पूर्वतर्फ फर्कनुपर्ने हुन्छ।
प्रतिक्रिया