साफ यु-१७ च्याम्पियनसिप : नेपाल घरेलु टोली श्रीलङ्कालाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं। श्रीलङ्काको कोलम्बोमा जारी साफ यु१७ च्याम्पियनसिपमा नेपालको विजयी भएको छ ।

सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई २० गोलले हरायो । नेपालको जितमा दुवै गोल समीर कुमारले गरे ।

उनले ५२ औं र इन्जुरी समयमा गोल गर्दै नेपाललाइ जिताएका हुन् । श्रीलङ्का पहिलो हाफमै १० खेलाडीमा समेटिएपछि नेपाललाई फाइदा भएको थियो ।

२७ औं मिनेटमा मोहम्मद इफाम दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् भने समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *