दसैं नलाग्दै काठमाडौं छाड्नेको संख्या बढ्यो, ३ दिनमै ४ लाख यात्रु बाहिरिए

No ads found for this position
No ads found for this position

फाइल तस्बिर।

काठमाडौं । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी पुरा भएको जनाएको छ।

मंगलबार यातायात विभागमा यातायात व्यवसायीसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन्।

उनले यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे।

चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाउँ-ठाउँमा सडक विभागसँगको सहकार्यमा डोजर लगायतको व्यवस्था गरिने उनले बताए। पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगायत विभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरे।

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिब ४ लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए।

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *