सुनको मूल्य हालसम्मकै उच्च, चाँदीले पनि बनायो नयाँ रेकर्ड

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
सुनको मूल्य आज प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख १७ हजार १०० कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख १५ हजार २०० पुगेको थियो।
यसैगरी चाँदी २० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ। आज चाँदी २ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया