भारतमा जिप दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । भारतमा जिप दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप भीरबाट खस्दा चार जनाको मृत्यु भएको हो । चालकले नियन्त्रण गुमाउँदा पिकअप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।

लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।

घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *