‘म सत्ताको स्वाद लिन आएको होइन, ६ महिनामा प्रधानमन्त्री छोड्छु’

No ads found for this position
No ads found for this position

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकि छिन । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकि हुन् ।

प्रधानमन्त्री कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उनको भनाइ छ ।

उनले भनिन्, ‘म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।’

६ महिना भन्दा बढी नबस्ने अठोट गरेर आएको उनले बताइन् ।

त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गरेकि थिइन् । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकि हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *