भाटभटेनीभित्र भेटिए ४ पुरुषको शव

No ads found for this position
No ads found for this position
काठमाडौं । बौद्धमा रहेको भाटभटेनी सुपर मार्केटमा ४ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शव डढेको कारण पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।
प्रतिक्रिया