नेपालमा अहिलेको श्राप सतीको हो कि सूचना क्रान्तिको ?

नेपालको राजनीतिक धरातल फेरि एकपटक उल्झिएको छ। जनताको आशा, आस्था र अपेक्षा फेरि धुलोमा मिलेको छ। प्रश्न एउटै छ- यो देश अझै सतीको श्रापमा बाँधिएको हो कि नेताहरूको स्वार्थी खेलमा ?
कोही भन्छन्-
GenZ का प्रतिनिधि सेनाध्यक्षसँग भेटे।
कोही भन्छन्- राष्ट्रपतिसँग भेट भएन, केवल सेना प्रमुखसँग मात्र कुरा भयो।
अरू भन्छन्- व्यापारी दुर्गा प्रसाई र नयाँ दलका नेताहरू मात्रै त्यहाँ थिए, त्यसैले GenZ पछि हट्यो।
अझै कतिपय त आरोप नै लगाउँछन्- सुदन गुरुङ भारतीय पृष्ठभूमिका हुन्, उनका लगानीकर्ता आपराधिक गिरोहसँग जोडिएका छन्।
तर सबैको चासो यही छ- GenZ प्रतिनिधित्व गर्ने भनिएका पात्र वास्तवमै आम नेपाली हुन् कि फेरि पनि कुनै दलका कार्यकर्ता ?
सञ्चारको उल्झन : सबै पत्रकार, सबै सम्पादक ।
पहिले समाचार रेडियो वा टेलिभिजनबाट मात्र आउँथ्यो। स्रोत सीमित थियो, तथ्य जाँचिन्थ्यो।
आज भने हरेकको हातमा मोबाइल छ।
हरेकले समाचार बनाउँछन्, धारणा बाँड्छन्।
हरेक प्लेटफर्म एउटा निजी पत्रिका बनेको छ।
यो एक हिसाबले बरदान हो । सबैलाई बोल्ने अधिकार मिल्यो। तर अर्कोतर्फ श्राप पनि हो । तथ्यभन्दा हल्ला बलियो हुन्छ। जसले जे भन्यो, त्यही सत्य जस्तो लाग्छ। जनमानसमा भ्रम र अविश्वास मात्र बढ्छ।
पारदर्शिताको सङ्कट
यी सबै फरक-फरक कथनहरूले एउटै कुरामा प्रकाश पारेका छन्-
जनता असमञ्जसमा परेका छन्।
कसलाई विश्वास गर्ने भन्ने आधार छैन।
आन्दोलन वा नयाँ शक्ति उठे पनि अन्ततः नेताहरू वा स्वार्थी गुटहरूले कब्जा गर्छन्।
यही हो आधुनिक सतीको श्राप।
अब के हुन्छ ?
नेपाल अहिले सङ्क्रमणको मोडमा छ। पुराना दलहरूको विश्वासयोग्यता खस्किसकेको छ। नयाँ शक्ति भन्निएकै पारदर्शिता प्रश्नचिन्हमा परेको छ।
जनताले पाएको विकल्प भनेको घरभित्रै बसेर सामाजिक सञ्जालमा स्क्रोल गर्दै डर, शंका र हल्लामा बाँचेको जीवन।
अन्तिम प्रश्न-
सतीले दिएको श्रापभन्दा पनि, नेताहरूको स्वार्थ र सञ्चारको जंगलले देशलाई जकडेको छ। तर जनताको प्रश्न अझै उहीँ छ- ‘सतीको श्राप कि सूचना क्रान्तिको श्राप ? अनि यो श्राप कहिले टर्ने हो भगवान ? ‘