सभापतिमाथि हत्या प्रयास भयो, आन्दोलनमा भएका लुटपाटले नागरिक त्रसित छन् : अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position

फाइल तस्बिर।

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजी पुस्ताको आन्दोलनले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि निवासमै नियोजित रूपमा साङ्घातिक आक्रमण गरी हत्या प्रयास गरिएको भन्दै भर्त्सना गरेका छन् ।

गुरुङले विज्ञप्ति मार्फत भनेका छन्- ‘आन्दोलनको क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति आदरणीय नेता शेरबहादुर देउवाज्यू र आदरणीय डा.आरजु राणाज्यूको निवासमा गएर साङ्घातिक आक्रमण हुनु नियोजित हत्याको प्रयास हो । उहाँहरूको रक्षार्थ अग्रपंक्तिमा उभिएर सकुशल सुरक्षित स्थानमा पुर्‍याएर उपचारमा मद्दत पुर्‍याउनुहुने हृदयी योद्धाहरूमा नेपाल तरुण दल हार्दिक सम्मान गर्दछ । आदरणीय शेरबहादुर देउवाज्यू जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति हो ।’

सभापतिले देश र जनताको लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो । कांग्रेसमाथि आक्रमण हुनु सुनियोजित ढंगबाट देशलाई अन्धकारतिर धकेल्न गरिएको सुनियोजित प्रयास हो । गुरुङले भनेका छन् ।

गुरुङले भने, ‘विभिन्न उद्योगी, व्यवसायीको कार्यस्थल लगायत भवनहरूमा आगजनीले देशको अर्थव्यवस्थामा के असर पर्ला ? अपराधी ठहर भएका व्यक्तिहरूलाई कारागार तोडेर भगाउनुले कसरी समाजमा सुरक्षा महसुस हुन्छ ? आन्दोलनका क्रममा भएका लुटपाटले समाजमा डर र त्रास फैलाएको छ ।’

उनले लोकतन्त्रको मूल्य र मान्यतालाई सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणसहित राष्ट्रलाई यथाशीघ्र निकास दिन सरोकारवालाहरूसँग आग्रह गरेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *