कैदीबन्दीलाई रोक्न सेनाले चलायो गोली, २ को मृत्यु, १२ जना घाइते

No ads found for this position
No ads found for this position
फाइल तस्बिर ।
रामेछाप । जिल्ला कारागार कार्यालयमा रहेका २ जना कैदीबन्दीको मृत्यु भएको छ।
बिहीबार बिहान कारागारको गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
झडपपश्चात भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्ने प्रयास गरेको थियो ।
झडपका क्रममा १२ जना कैदीबन्दी घाइते भएका छन्।
उनीहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अहिले रामेछाप कारागारमा ३३४ जना कैदी रहेका छन्।
कारागार कार्यालयमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाली सुरक्षा दिइरहेको छ।
प्रतिक्रिया