अन्तरिम सरकारको नेतृत्वका लागि जंगीअड्डामा निर्णायक वार्ता हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नेतृत्वका लागि आज राष्ट्रपति रामचन्द्र पौडेल सँग निर्णायक छलफल गर्ने भएका छन् ।

नेपाली सेनाको समन्वयमा जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन्।

सेनाका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग छलफल हुने छ । सो छलफलले आज निकास निकाल्ने विश्वास छ ।

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले बुधबार जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।

हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् ।

सुशीला कार्कीले धेरैको समर्थन देखिए पछि अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताइसकेकी छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *