जेनजी आन्दोलन: प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या ९ पुग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । सोमबार भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा १, ट्रमा सेन्टरमा ६ र काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप १ र  त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । ट्रमा सेन्टरमा थप उपचारका लागि अस्पताल ल्याइएका १ जना घाइतेको अस्पतालमा ल्याउँदा नै मृत्यु भइसकेको थियो।

अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको भन्दै चिकित्सकहरुले अन्य अस्पतालमा घाइतेलाई लैजान पनि आग्रह गरेका छन्।

मृत्यु हुनेको र अन्य घाइतेहरुको पहिचान खुल्न बाँकी छ । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

दिउँसो साढे १२:३० बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । तरपनि आन्दोलन रोकिएको छैन । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *