राष्ट्रपति, प्रधानमन्त्री निवासलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लाग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।

शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ ।

जेनजीको प्रदर्शनले बानेश्वर र संसद भवन बाहिरको अवस्था अहिले तनावग्रस्त भएपछि यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।

प्रदर्शनकारीबाट संसद भवन जोगाउन प्रहरीलाई धौ-धौ परेपछि रबर बुलेट हानेको थियो । प्रहरीको रबर बुलेटबाट ३ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा एक जना कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ रहेका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका उनको पाखुरामा गोली लागेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *