संसद भवन अगाडि जेनजी प्रदर्शनकारी र प्रहरीबिच झडप

No ads found for this position
No ads found for this position

काठमाडौं । माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवन तिर जाने प्रयास भएपछि युवाहरुलाई प्रहरीले लाठी प्रहार गरेको छ ।

बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको हो।

प्रहरीले संसद भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको छ । त्यसका बाबजुद आन्दोलन रोकिएको छैन ।

युवाहरुले प्रहरीलाई पानीको बोतलले प्रहार गरेका छन् । उनीहरुले बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नारावाजी गरिरहेका छन् ।

प्रहरीले पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि तयारी अवस्थामा राखेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *