संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

काठमाडौं। संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनले सोमबार कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।
यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका खतिवडा संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामा दिएका थिए । खतिवडालाई नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो ।