कांग्रेसले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय बारे सरकारसँग छलफल गर्छौं

No ads found for this position
No ads found for this position

काठमाडौं। सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सामाजिक सञ्जाल निस्क्रिय गरिएको भन्दै सरकारको निर्णयको विरोध भएको छ।

बैठकमा बोल्ने अधिंकाश पदाधिकारी तथा पूर्वपदाधिकारीले समाजिक सञ्जाल बन्द गर्नु सहि नभएको तर्क गरेका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापा‚ सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्बे‚ जीवन परियार‚ फरमुल्लाह मन्सुर नेताहरू विमलेन्द्र निधि‚ अर्जुनरसिंह केसी लगायतले बलमिच्याई गरेर सामाजिक सञ्जाल बन्द गरिनु धातक हुने बताएका थिए।
उनीहरूले अदालतको आदेशअनुसार समाजिक सञ्जाल सञ्चालक कम्पनीहरु सुचिकृत हुन आउने म्याद थप गरी कानुन बनाएर नियमन गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा सामाजिक सञ्जाल निस्क्रिय गर्न नहुने विषयमा बैठकमा छलफल भएको थियो। बैठकले यस सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ।

आजको बैठकले मनाङ जिल्लामा हुने प्रदेशसभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *