बौद्धमा खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ, काठमाडौं ल्याइयो

No ads found for this position
No ads found for this position

काठमाडौं । बौद्धमा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका ३ जनालाई भारतमा पक्राउ गरि काठमाडौं ल्याइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोग मा उनीहरुलाई पक्राउ गरि काठमाडौं ल्याएको हो ।

यहि साउन १२ गते राति ४ जनाको समूहले नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार काभ्रेका जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । उनको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी उनिहरु फरार भएका थिए ।

यही घटनामा संलग्नहरुलाई भारतको दिल्लीबाट पक्राउ गरि काठमाडौं ल्याएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *