सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा १६ सय बढ्यो

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम बनाएको छ।
दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य २ लाख १२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन २ लाख १० हजार ४०० मा कारोबार भएको थियो।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० कायम भएको थियो।
प्रतिक्रिया