एमाले विधान महाधिवेशन: समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

No ads found for this position
No ads found for this position

ललितपुर । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको सुझाव पेस गरिँदैछ ।

महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्ने छन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् ।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिने छन् ।

समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ ।

अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरेर बैठक समापन गरिने छ ।

महाधिवेशनमा देशभरबाट दुई हजार २६ प्रतिनिधि र आयोजककातर्फबाट तीन सय १५ जना गरी दुई हजार ३४१ जनाको सहभागिता छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *