रास्वपाको न हिजो इतिहास थियो, न अहिले छ: प्रधानमन्त्री ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)क्षित गर्दै इतिहास नभएको पार्टी भएको बताएका छन्।

पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा इतिहास न हिजो न आज छ भएको भन्दै टिप्पणी गरेका हुन्।

ओली भने,’जसको न हिजो इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ। के को बहाब आएको हो ?ती तत्त्वको छानविन गर्दै जाने हो।’

ओलीले पार्टी मिसन ०८४ मा रहेको र अबको निर्वाचनमा कम्तीमा एमालेले बहुमत ल्याउनुपर्ने बताए।

ओली भने,’हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीले एकल बहुमत ल्याउनुपर्दछ कम्तीमा। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सबै कमिटी र कार्यकर्ता परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन। हामी सरकारमा छौँ। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा छौँ धाँधली रोक्नेछौँ। निष्पक्ष स्वतन्त्र निर्वाचन हुनेछ। यसर्थ सबैलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधि अघि बढाउन जरुरी छ।’

उनले ०८४ सालको निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउने पनि बताए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *