फेसबुकपछि एक्स र विच्याटको पनि सूचीकरणमा चासो

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल सरकारले बन्द गरेका सामाजिक सञ्जाल फेसबुक, एक्स र विच्याटले सूचीकरण हुन चासो देखाएका छन्।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि शुक्रबार बिहानैदेखि ती सामाजिक सञ्जालमा समस्या आएको छ।
निष्क्रिय भएका सामाजिक सञ्जालमध्ये फेसबुकको कम्पनी मेटाका प्रतिनिधिले पनि सिंगापुरबाट बिहीवार नै सम्पर्क गरेको तथा एक्स र विच्याटका प्रतिनिधिले पनि दर्ता हुन आधिकारिक पत्राचार गरेको मन्त्रालयले जनाएको छ।
सम्पर्क गरेका प्रतिनिधिहरुलाई इमेलमार्फत प्रक्रिया र आवश्यक पर्ने कागजातबारे विवरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया