सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २५ सयले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ वृद्धि भएको छ।

बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ४८० रुपैयाँ कायम भएकोमा आज सोही परिमाणको चाँदी २ हजार ४९० पुगेको हो।

चाँदी बिहीबारको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *