सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दैछ : माओवादी

No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाएको छ ।
पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमनको बहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाए ।
उनले भने, ‘यसबारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्दैछौं । अध्ययन गरेर हाम्रो धारणा सार्वजनिक गर्छौं तर, हाम्रो प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको छ ।’
प्रतिक्रिया