फेसबुक, युट्युवसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ।
दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।
मन्त्रालयले निर्णय कार्यान्वयनका लागि पत्र नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।
नेपालमा टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् भने भाइबर, टिकटक, विटक, निम्बज जस्ता सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् ।
फेसबुक, युट्युव, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएकाले बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ती सामाजिक सञ्जालका कम्पनीलाई ययसअघि नै इमेलमार्फत पत्राचार गरेर सूचीकरणमा आउन पत्राचार गरेको थियो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।